आजबाट सिवाईसी नेपाल लघुवित्तले आइपीओ विक्री
आइपीओमा बैशाख २ गतेदेखि छिटोमा बैशाख ६ गतेसम्म् आवेदनन दिन सकिनेछ
काठमाडौं । आज बैशाख २ गतेबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित दरमा कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको कुलमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाट गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । आइपीओमा बैशाख २ गतेदेखि छिटोमा बैशाख ६ गतेसम्म् आवेदनन दिन सकिनेछ भने उक्त अवधिमा सबै आइपीओ विक्री नभएको खण्डमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
तर योभन्दा अगाडी निष्काशन भएको आइपीओमा परेको आवेदन हेर्दा लगानीकर्ताले १० कित्ता भन्दा बढी आवेदन दिनु नपर्ने देखिन्छ ।




















