citizens life insurance long ad
stcnepal long ad

नेपाल प्रहरीका चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरीको बढुवा सिफारिस समितिको आज बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

प्रहरी नियमावली, २०७१ ९संशोधनसहित०को नियम २७ को उपनियम ४ अनुसार चार एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

एक नम्बरमा सिफारिस भएका नल प्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको उपप्रमुखका रुपमा रहेका छन्, भने दोस्रो नम्बरमा सिफारिस भएका मोह कुमार आचार्य प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा रहेका छन् ।

त्यस्तै तेस्रो नम्बरका राजेन्द्र प्रसाद चौधरी प्रदेश १ प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा छन् । चौथो नम्बरका साउद अलाम खाँ नेपाल प्रहरी युक्ति तालिम महाधविद्यालय जर्गाहमा रहेका छन् ।

IME Life
kumari