stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसिया रोजगारीका लागि पूर्वस्वीकृति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ । गत  मङ्गलबारदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलले मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो ।

सो कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले अहिलेसम्म ४०० भन्दा बढी सङ्ख्याको माग स्वीकृति भइसकेको छ भने ६०० भन्दा बढी स्वीकृतिको लाइनमा रहेको जानकारी दिनुभयो ।

उहाँले वैदेशिक रोजगार कम्पनीमार्फत पूर्वस्वीकृतिका लागि आएका मागको स्वीकृति गर्ने काम द्रत गतिमा भइरहेको पनि जानकारी दिनुभयो ।

सो कार्यालयका अनुसार मलेसिया खुलेपछि गएको मङ्गलबारदेखि पहिलो विज्ञापन पूर्वस्वीकृति नम्बर २५८८१६ जारी भई विभागको वेबसाइटमा सार्वजनिक भएको छ । सो कार्यालयका सूचना अधिकारी नागिलाका अनुसार सरकारले मलेसिया रोजगार खुला गरिसकेकाले अब दूतावासले प्रमाणित गरेको मागको निवेदनले धमाधम विज्ञापन पूर्वस्वीकृति पाउनेछ ।

मलेसियामा रोजगारीका लागि विशेषगरी निर्माण क्षेत्रका कामदार, सुरक्षा गार्ड र उत्पादन क्षेत्रमा कामदारको माग आउने गरेको छ । गएको साता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा नेपालीलाई रोजगार गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएको मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गर्नुभएको थियो ।

IME Lifesidebar
kumari