citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा  होटेल रेडीसन काठमाडौँमा सम्पन्न भएको छ । वार्षिक साधारण सभाबाट अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित भएका छन् ।

त्यस्तै, सभाले समुह ‘ख’ संस्थापक शेयरधनीको तर्फबाट सिए शंकर गौतम र सिए दीपक पाण्डे सर्बसम्मत निर्बाचित भएका छन् । त्यस्तै, समुह ‘क’ संस्थापक शेयरधनीका तर्फबाट डा. बिमला दाहाल रेग्मी र स्वतन्त्र संचालकमा अनिल प्रसाद श्रेष्ठ लाई संचालक समितिले गरेको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ ।

साथै, सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष र सञ्चालकले पाउने बैठक भत्ता वृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्कीकृत गरेको छ ।

सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७५०,००० कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

IME Life
kumari