citizens life insurance long ad

राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन  (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले चैत १ गते (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी संसद्‌का दुवै अधिवेशन अन्त्य गरेकी हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

मङ्सिर २८ गते देश सुरु भएको चालु अधिवेशन अवधिभर प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गरिरह्यो। एमालेकै अवरोधका बिच संसद्‌को यही अधिवेशनबाट अमेरिकी अनुदान सम्झौता (एमसीसी)  व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो।

IME Life
kumari