citizens life insurance long ad

पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी १६ सय ४१ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार पीसीआर र एन्टीजेन परीक्षणबाट ६५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

त्यसैगरी २४ घण्टामा १९२ जनाले कोरोना जितेका छन् भने मृत्यु शून्य रहेको छ । २४ घण्टामा ६८ हजार ४८८ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर चार हजार ९१४ जना सक्रिय संक्रमित रहेका छन् ।

IME Lifesidebar
kumari