citizens life insurance long ad
stcnepal long ad

एएफसी लाईसेन्स प्रमाणीकरणको लागि एपीएफलाई बधाई दिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध छ र सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्दै आईरहेको छ । यो कोसेढुङ्गा मनाउन पाउँदा अग्नि ग्रुप परिवार गौरवान्वित भएको छ र एपीएफलाई नेपालको आधिकारिक चौथो क्लब बनेकोमा हार्दिक बधाई पनि व्यक्त गर्दछ । एपीएफ क्लबले सन् २००१ देखि हालसम्मको आफ्नो यात्रामा धेरै उपलब्धि हासिल गरेको छ र निकट भविष्यमा सफलताका अन्य शिखरहरुमा पुग्न तत्पर रहेको छ ।

अग्नि ग्रुप एपीएफ टिमलाई सफल भविष्यको कामना गर्दछ र आगामी दिनहरुमा पनि यस्तै उपलब्धिहरु सँगै मनाउने अपेक्षा पनि गर्दछ ।

IME Life
kumari