citizens life insurance long ad
stcnepal long ad

अर्थ मन्त्रालयले दुई महिनामा दुई अर्ब ५५ करोड बजेट रकमान्तर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ मन्त्रालयले दुई महिनामा दुई अर्ब ५५ करोडभन्दा बढी बजेट रकमान्तर गरेको छ। पुस र माघमा विभिन्न शीर्षकमा दुई अर्ब ५५ करोडभन्दा बढी बजेट रकमान्तर गरेको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले बेमौसमी वर्षा पीडित धान किसानलाई राहत दिन गृह मन्त्रालयमा एक अर्ब रुपियाँ रकमान्तर गरेको छ। रकमान्तर गरिएको उक्त आधार, मापदण्ड र प्रक्रिया पुर्याएर पहिलो चरणकोमा भुक्तानी गराइने जनाइएको छ।

यसैगरी, राष्ट्रिय परिचयपत्रमा प्रयोग हुने चिप्स खरिदमा ४९ करोड ९९ लाख, सशस्त्र प्रहरीको दुई नम्बर गणलाई भक्तपुरमा आवश्यक जग्गा अधिग्रहणबापत मुखाब्जा उपलब्ध गराउन १६ करोड ६६ लाख र भन्सार एजेण्टको परीक्षा सञ्चालन गर्न ४० लाख रुपियाँ रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, राष्ट्रपति कार्यालयको लागि विज्ञ सेवा परामर्श खर्च शीर्षकमा १० लाख, एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहायता उपलब्ध गराउन तीन लाख र कोरोना सङ्क्रमण भई ज्यान गुमाएका छ जना प्रहरीका परिवारलाई प्रतिपरिवार २४ लाखको दरले एक करोड ४४ लाख रुपियाँ रकमान्तर निकासा भएको छ।

IME Life
kumari