citizens life insurance long ad

डिडिसिको महाप्रबन्धकका लागि दरखास्त आवह्रान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा पदपूर्तिका लागि दरखास्त गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज एक सूचना जारी गर्दै संस्थाको महाप्रबन्धकमा दरखास्त आह्वान गरेको छ।

कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिक दरखास्त दिन सक्ने जनाएको छ।

उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनु पर्नेछ। उम्मेदवारको हकमा ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ।

उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण समेत गर्नुपर्नेछ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सुचनामा जनाइएको छ।

 

IME Life
kumari