खानेपानी संस्थानको महाप्रबन्धकमा ईश्वर प्रसादको नियुक्ति हुने
काठमाडौं । नेपाल खानेपानी संस्थानको महाप्रबन्धक तीन महिनादेखि रिक्त छ । दुई कार्यकाल महाप्रबन्धक भएका भूपेन्द्रप्रसादको कार्यकाल सकिएपछि संस्थान निमित्तका भरमा चल्दै आएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला बाहेक देशभरका ७४ जिल्ला कार्यक्षेत्र रहेको संस्थानको तेस्रो पटक महाप्रबन्धक नियुक्ति हुनका लागि उमेर हदका कारण भूपेन्द्रप्रसाद दौडबाट बाहिरिएका छन् ।
उनी आफू तेस्रो कार्यकाल महाप्रबन्धक नियुक्ति हुनका लागि यसअघिका मन्त्रीहरु विना मगर र महेन्द्र यादवको चाकडीमा लागेका थिए तर सकेनन।
मन्त्री चौधरीले बाराबाट चुनाव जित्न डेढ करोड भन्दा बढी खर्च भएको र अन्यत्र नियुक्ति गर्ने ठाउँ नभएकाले संस्थानको महाप्रबन्धक नियुक्तिबाटै असुली गर्न खोजेपछि भूपेन्द्र प्रसाद दौडबाट अहिले बाहिरिन पुगेका छन् ।
भूपेन्द्रप्रसाद आफैं महाप्रबन्धक हुन नपाएपनि योग्य,सक्षम, इमानदार, काविल र निर्णय क्षमता भएका भाई ईश्वर प्रसादलाई महाप्रबन्धक बनाउन लागेका छन् । उनी नै अब आगामी पुस १९ गतेको क्याविनेट बैठकबाट महाप्रबन्धकमा नियुक्ति हुने लगभग निश्चित जस्तै भएको छ।
भूपेन्द्र प्रसादकी श्रीमती नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी डा।आरजु राणाको सातदोबाटोस्थित युलनेस स्कुलकी शिक्षक पनि भएकाले त्यताबाट भिटो पावर लगाई भाइ ईश्वर प्रसादलाई महाप्रबन्धक बनाउन लागेका थिए।
उनी लगभग नियुक्ति दिलाउनका लागि सफल हुन लागेका छन। ७ अर्ब बजेट भएको खानेपानी संस्थानमा दुई कार्यकाल जीएम हुँदा न्यूनतम १५ प्रतिशत कमिसन खाँदा पनि भुपेन्द्र प्रसादले कुस्त आर्जन गरेका छन्।
संस्थानको महाप्रबन्धक नियुक्तिका लागि भूपेन्द्रप्रसाद बाहिरिएपछि खानेपानी मन्त्रालयबाट गत २०७८ साउन ९ मा अवकाश पाएका प्रदीपकुमार मुडवरी निकै लागेका छन् ।
महाप्रवन्धकको लागि दौडधुप गर्नेहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेयलका रामचन्द्र ढकाल, लक्ष्मण बस्नेत, दुर्गा बस्नेत, अर्जुन बहादुर ढकाल र संस्थानकै वीरगंज शाखामा कार्यरत निरण महर्जन लगायतको दौडधुप रहेपनि ईश्वर प्रसादले बाजि मार्ने निश्चित भएको छ।
यी आवेदकहरुमा प्रदीपकुमार मुडभरी र निरण महर्जनलाई नियुक्ति दिन मन्त्री चौधरीले फायल तयार पारेको भएपनि वालुवाटारबाटै भिटो प्रयोग भएपछि मन्त्री चौधरी पनि लुत्रुक्क परेर अहिले ईश्वर प्रसादसँगै हिसावकिताव मिलाउन लागेका छन । ईश्वर प्रसादसँग मन्त्रीको मोलमोलाई चलिरहेको छ ।
मुडवरीलाई संस्थानको जीएम नियुक्ति गराउनका खानेपानी मन्त्रालयका सहसचिव सुनिलकुमार दास लागि परेका छन् । दास मन्त्री चौधरीका विश्वासपात्र भएका छन् । दास मुडवरीलाई संंस्थानको जीएम बनाउने र आफू भने खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष हुने योजनामा रहेका छन् ।
महसुल निर्धारण आयोगमा यसअघिको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनामा करोडौं भ्रष्टाचारमा मुछिएका घनश्याम भट्टराईलाई नियुक्ति गरेका थिए ।
२०७४ असार २४ को मन्त्रिपरिषद बैठकद्वारा प्रधानमन्त्रीको विज्ञ सल्लाहकार रहेका भट्टराईलाई ओली सरकारले हिडने बेलामा आयोगको अध्यक्षमा नियुक्ति गरे पनि २०७८ असार २८ मा शेरबहादुर देउवाको सरकार गठनपछि मुख्यसचिव डा.शंकरदास बैरागीले पत्र नदिएपछि उनको नियुक्ति नै हुन सकेको थिएन ।






















