१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७२०३ पदमा विज्ञापन खुल्यो
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रा.वि. तृतीय तहका लागि आज पुस १४ गते बुधबार विज्ञापन आह्वान गरेको छ । सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले माघ १३ गतेसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।
दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले नि.मा.वि. र मा.वि. तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ । यसअघि आयोगले मा.वि. र नि.मा.वि. तहमा पनि विज्ञापन खुलाइसकेको छ ।


























