stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं उपत्यकामा मागको एक तिहाइमात्र पानी वितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकामा मागको एक तिहाइमात्र पानी आपूर्ति हुने गरेको छ। उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाइभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एवम वितरण गर्दै आएको छ।

हिउद यामको पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकेपनि चैत, वैशाख र जेठमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेड स्रोतले बताएको छ। वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ। मंसिर महिनाबाट सुक्खा मौसम लागेसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुन थालेको छ।

मंसिरपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ। धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य भएका छन।

खानलाई जार र मिनरल वाटर र अन्य प्रयोगका लागि टयाङकरको पानीमा भरगर्नुपर्ने बाध्यता छ। लिमिटेडले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको छ। कर्मचारीको मिलेमतोमा जडान भएका चोरीको धारा पनि बेला बेलामा भेटिने गरेको छ।

काठमाण्डौ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नख्खु मुहान, शेषनारायण, हिटीटोल, सात मूल, कुटुरी, देवकी वासुकी, बल्खु खोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोला लगायत स्थानबाट पानी संकलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ।

यी स्रोतमध्ये सबैभन्दा बढी वाग्मती नदीको पानी सुन्दरीजलमा संकलन गरी वितरण हुन्छ। प्राकृतिक स्रोतबाट संकलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ। हाल उपत्यकामा करिब ८० स्थानमा केयूकेएलले भूमिगत पानी निकालेर प्रशोधन गरी वितरण गर्छ। यसै वर्ष करिब एक करोड लिटर पानी भूमिगत स्रोतबाट थप गर्ने तयारीमा केयूकेएल लागेको छ।

उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ। बढ्दो जनसङ्ख्या, घररभवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले लिमिटेडलाई ३० वर्षका लागि उपत्यकामा पानी वितरणको व्यवस्था गर्ने गरी सम्झौता गरेको छ। काठमाडौं उपत्यकाको बढदो खानेपानी आपूर्तिको अभाव धान्न अब प्रदेश सरकार,स्थानीय तहले स्थानीय पानीका स्रोतहरूलाई उपयोग गरि वर्षायामको पानी संकलन डयाम बनाउने, त्यसलाई प्रशोधन गरि वितरणको व्यवस्था गर्न जरूरी छ।

गत असारमा सिन्धुपाल्चोकमा आएको बाढीले मेलम्चीको मुहानमा क्षति पुरयाएपछि मेलम्चीको पानी ल्याउन अझै दुई वर्ष समय लाग्न सक्ने देखिन्छ। तीन महिना मेलम्चीको पानी पिउन पाएका उपत्यकाबासी मेलम्ची बाढीले भत्काएपछि काकाकुल भएका छन। किशोर शर्माबाट

prabhu mahalaxmi
kumari