stcnepal long ad
global ime bank long

भारत सरकारको सहयोगमा विद्यालयको नयाँ भवनको शिलान्यास

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास रुपन्देहीस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर  शिवराज सुवेदीले आज शिलान्यास गर्नुभयो ।

भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण करिब नेरु ४.४१७ करोडको लागतमा हुनेछ ।

सन् १९७१ मा स्थापना भएको श्री नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११२७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ५०५ छात्रा रहेका छन्।

सन् २००३ यता भारतले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटि, सरसफाई लगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।

यी परियोजनाहरु मध्ये रुपन्देही जिल्लामा निर्माण सम्पन्न भएका १० गरी प्रदेश ५ मा ६० वटा परियोजना रहेकोमा सोही जिल्लाका दुई गरी ९ वटा परियोजना निर्माणका विभिन्न चरणमा रहेका छन् ।

भारत र नेपालबीच बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुईका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । आजको शिलान्यासले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा हातेमालो गर्न भारत सरकार सधै प्रतिबद्ध रहेको तथ्यलाई प्रतिबिम्बित गर्दछ ।

 

 

IME Lifesidebar
kumari