citizens life insurance long ad
stcnepal long ad

स्थानीय पाठ्यक्रमको चर्चा गर्दै नेपाल भाषा सहायक प्रशिक्षकहरुको मनाए नयाँ वर्षको कार्यक्रम

राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सहयोगबाट स्थानीय पाठ््यक्रममा नेपाल भाषाको पठनपाठन सम्भव भएको हो–मेयर शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सम्भव भएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । नेतृत्व मैले गरेँ ।

साथ सबैबाट प्राप्त भयो । सामुदायिक विद्यालयहरूमा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पढाउने नेपालभाषा स्यनामि (प्रशिक्षण सहायक) हरूको तर्फबाट नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा आज शंखधर पार्कमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले उक्त कुरा बताउनुभएको हो ।

स्थानीय पाठ््यक्रम कार्यान्वयनमा ल्याएर नेपाल भाषाको अध्ययनका लागि दवाव दिनु हाम्रो उद्देश्य होइन । महानगरभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई महानगर बारे यथार्थ जानकारी होस्, नगरप्रति अपनत्व बढोस् भन्ने अभिप्रायले स्थानीय विषय स्थानीय भाषामै पढाउने निर्णय गरेका हौँ ।

प्रमुख शाक्यले भन्नुभयो, ‘कसैले कुरा बुझ्नु भएको छैन भने बुझाउने दायित्व हाम्रै हो । यो दायित्व स्यनामि (प्रशिक्षण सहायक) हरूमा आएको छ । नेपाल भाषा उच्चारण गर्दा अर्थ नलाग्ने शव्दहरु बोलिन थालेका थिए । अब भाषा अपभ्रंश हुनबाट जोगिन्छ भन्ने मैले विश्वाश लिएको छु ।’
भाषाको अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँछ । मौलिक भाषाको ज्ञानले परम्परागत रुपमा विकास हुँदै आएको सामाजिक व्यवस्थापन सम्बन्धी तथ्य थाहा हुन्छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले स्थानीय भाषाको अध्ययनलाई औपचारिक शिक्षामा समावेश गरेपछि सहर र यसको चिनारी सम्बन्धी आधिकारिक सूचना प्रवाह हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा नेपालभाषा स्यनामि सुनिता राजभण्डारी र अगिव बनेपालीले स्थानीय भाषा पढाउँदाको अनुभव सुनाउँदै, विद्यार्थीहरुमा चाख बढ्र्दै गएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, कार्यपालिका सदस्य तथा अधिकारीहरुले शंखधर शाख्वा र नेपाल सम्बतका प्रवर्धक पदमरत्न तुलाधरको शालिकमा माल्यार्पण गर्नुभएको थियो । महानगरले सामुदायिक विद्यालय नेपाल भाषा अभ्यापन गराउन १७२ जना सहायक प्रशिक्षक नियुक्ति गरेको छ ।

IME Life
kumari