stcnepal long ad
ime life insurance
national life
global ime bank long

वाणिज्य बैंकको निक्षेपको ब्याजदर सिंगल डिजीटमै राख्ने सहमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै अर्थात ९ अंक भित्र सीमित राख्ने सहमति भएको छ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अधिकारीहरुले यस्तो जानकारी दिएका छन्।

वाणिज्य बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्नुपर्छ भन्ने विषयमा भद्र सहमति भएको र सोही सहमतिको कार्यान्वयन गर्ने क्रममा वाणिज्य बैंकहरुले ब्याजदर घटाएको उनीहरुले बताएका छन् ।

बाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले भने( संभवत कुनै पनि वाणिज्य बैंकको निक्षेपको ब्याजदर सिंगल डिजीटलाई क्रस गर्ने छैन । कम्तीमा हामी नेतृत्व गर्ने बैंकहरुले चाहिं निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राखेर अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ भन्ने विषयमा हामीबीच सहमति भएको थियो ।

सोही सहमतिको कार्यान्वयन गर्दै केही वाणिज्य बैंकले असोजको तुलनामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ दर घटाएका छन् ।

असोज १ गतेदेखि कतिपय वाणिज्य बैंकहरुले आक्रामक रुपमा निक्षेपको ब्याजदर बढाए पनि त्यसले नयाँ निक्षेप खासै आउन नसकेको बताइएको छ । यताको निक्षेप उता, उताको निक्षेप यता आउने बाहेक नयाँ केही पनि भएन ।

त्यसकारण अस्वस्थ ढंगले ब्याजदर बढाएर पनि खासै केही फरक नपर्ने अवस्था बुझेका कारण समेत बैंकहरु कात्तिकमा आक्रामक नहुँने भएका हुन् ।

तिहार र छैठ पर्वको अवसरमा तराईमा रेमिटान्स बढी भित्रिने, सरकारले समेत आक्रामक रुपमा खर्च गरिरहेको लगायतका कारणले दोश्रो त्रैमासको पहिलो महिना कार्तिकमा ‘पर्ख र हेर’को रणनीति अनुसार ब्याजदरमा वाणिज्य बैंक आक्रामक नभएको बताइन्छ ।

IME Lifesidebar
kumari