citizens life insurance long ad

न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असोज १९ गते मंगलबार अन्तिम दिन हो । न्यादीको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ ।

यस कम्पनीले असोज १५ गतेबाट २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमा ५५ अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ ।

केयरले २०७७ असोज २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद यही असोज २२ गते सकिँदैछ ।

IME Life
kumari