stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज असोज ५ गते ७ जिल्लामा वडा अधिवेशन शुरू भएको छ ।

आज काठमाडौं सहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा, र मोरङमा वडा अधिवेशन भैरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अझै १३ जिल्लामा अधिवेशन हुन सकेको छैन । रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा क्रियाशिल सदस्यता विवाद टुंगो लाग्न नसकेकाले वडा अधिवेशन अब कहिले हुने टुंगो लाग्न सकेको छैन ।

यधपी यी जिल्लाहरूमा पनि क्रियाशिल सदस्यता विवाद समाधान समितिले विवाद टुङ्गिएको जनाएको थियो । कांग्रेसको १४ औ महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौमा हुँदैछ ।

काठमाडौंका १६८ वटै निर्वाचन क्षेत्रमा वडा समिति र क्षेत्रिय प्रतिनिधिको उम्मेदवारी दर्ताको प्रकृया शुरू भएको छ । कतिपय वडामा सहमति गर्ने प्रयास भैरहेको छ भने सबै प्रायस् सबै वडाहरूमा निर्वाचन हुने अवस्था देखिएको छ। निर्वाचन भएमा मत परिणाम मध्यराती सम्ममा घोषणा भइसक्ने छ।

prabhu mahalaxmi
kumari