citizens life insurance long ad
stcnepal long ad

जेटियुसीसीद्धारा प्रधानमन्त्री देउवालाई ६ बुँदे ज्ञापनपत्र पेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आज भदौं १४ गते बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जेटियुसीसीका अध्यक्ष जगत सिम्खडाको नेतृत्वमा गएको टोलीले ६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अन्टुफ अध्यक्ष एवम् बागमती प्रदेश सभाका सदस्य समेत रहेका जेटियुसीसी अध्यक्ष सिम्खडाले सोमबार प्रधानमन्त्री देउवालाई ६ बुँदे ज्ञापनपत्र बुझाउदै ‘जेटियुसीसीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन बाँकी रहेकालाई सूचीकरण गर्न लगाउने, सूचीकरण भएर नियमानुसार योगदान रकम जम्मा नगरेको रोजगारदातालाई सरकारबाट दिइने सुबिधा र विभिन्न छुट सहुलियत रोक्का गर्न, व्यवसाय दर्ता र नवीकरण गर्दा सामाजिक सुरक्षा कोषमा अनिवार्य योगदान गरेकोे निस्सा पेश गर्न, स्थानीय तहमा श्रमिकको पञ्जीकरणको व्यवस्था मिलाउन ध्यानाकर्षण गरिएको’ बताएका छन्।

यस्तै अध्यक्ष सिम्खडाले भने, ‘नेपाल सरकारले सार्वजनिक संस्थाका करार कामदारहरूलाई २०७८ साउन १ देखि लागू हुने गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था गर्न, एक प्रतिशत सामाजिक सुरक्षा करको रूपमा संकलित रकम योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउन र श्रम ऐनको दफा १४५ को अपव्याख्या, श्रम कटौती बन्द गर्न, श्रम निरीक्षण र श्रम अडिटलाई प्रभावकारी बनाई श्रम बजारको नियमित नियमनको व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीलाई जेटियुसीसीले गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको छ ।’

 

No description available.No description available.

IME Life
kumari