citizens life insurance long ad
stcnepal long ad

फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री र काठमाडौँ महानगरका प्रमुख, उपप्रमुख विच छलफल

प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, छलफल उपलब्धीमुलक रह्यो:  मेयर शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । फोहोर व्यवस्थापनका विषयमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका प्रमुख विच कुराकानी भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सहितको कुराकानीका क्रममा प्रमुख शाक्यले, सडक विग्रिएर फोहोर उठाउन कठिन भएको कारण बताएपछि प्रधानमन्त्री देउवाले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरेर तत्काल सडकलाई सुचारु हुने बनाउन निर्देशन दिनुभयो ।

त्यस्तै शान्ति सुरक्षालाई मजवुत बनाउन गृहमन्त्री बालकृष्ण खाँडलाई टेलिफोन गरेर आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभयो ।

भेटपछि छलफलका विषयमा प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, फोहोर व्यवस्थापनको तत्काल र दिगो समाधानका विषयमा कुराकानी भएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘मैले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्रमार्फत फोहोर व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेको थिएँ ।

त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो ।
कुराकानी सकारात्मक भएको छ । महानगर सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च तयार छ ।’

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको छ ।

‘यस अवस्थामा बञ्चरे डाँडा ल्याण्डफिल साइड र सो साइडसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाई दिनु हुन अनुरोध गर्दछु ।’ पत्रको व्यहोरामा लेखिएको छ ।

सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । जसका कारण अहिले उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।

IME Life
kumari