citizens life insurance long ad
stcnepal long ad

नेपाल प्रहरीमा पाँच एआईजी थप्ने चलखेल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को पाँच दरबन्दी थप गर्न तयारी अघि बढाएको छ । नेपाल प्रहरीमा इन्फिन्ट्रिमा हाल ५ जना एआईजी छन् ।

अस्पतालमा एक जना गरि कुल ६ जना एआईजी छन। थपिएको पाँच सहित अब ११ जना एआईजी हुनेछन् । स्रोतका अनुसार अब बस्ने मन्त्रीपरिषद बैठकले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरेर एआईजीको संख्या थप्ने तयारी भएको छ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार एआईजी थपको प्रस्ताव सम्भवतः आउने भदौं १७ गते विहीबारको मन्त्रिपरिषदमा पठाइने छ। सोमबार र विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण एआईजी दरबन्दी थप गर्ने विषयमा सहमत भएपछि प्रस्ताव पठाउन लागेको गृहका ती अधिकारीले जानकारी दिएका छन्।

गृह मन्त्रालयले एआईजी थप गर्ने विषयमा अध्ययन गरी सिफारिस गर्ने ओएन्डएम समिति समेत बनाएको छ। सो समितिले एआईजी संख्या थपको प्रस्ताव गरेको स्रोतले बताएको छ।

गृह मन्त्रालयले प्रहरीका विभागमा एआईजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिक तर्फ बाहेक हाल ५ जनाको संख्या रहेकोमा सो संख्या बढाएर १० बनाउन लागेको छ। प्रदेश प्रमुखमा पनि एआईजी हुनुपर्ने ठान्दै मन्त्रालय अघि बढेको छ ।

तर तत्कालै प्रदेशमा भने एआईजी दरबन्दी हुदैन। यसअघि नेपाल प्रहरीमा प्राविधिक तर्फ बाहेक एआईजीको दरबन्दी १६ थियो भने तत्कालिन केपी शर्मा ओली सरकारले एकै पटक संख्या घटाएर ३ मा झारेको थियो।

यसअघिको ओली सरकारले विश्वराज पोखरेललाई व्याचबाट एकल एआईजीमा बढुवा गरेको थियो। त्यसको छ महिनापछि एआईजीको थप एउटा दरबन्दी कायम गरी सहकुल थापालाई पनि ओली सरकारले पोखरेलको ब्याचबाट एआईजीमा बढुवा गरेको थियो।

थापालाई ओली सरकारले मानव स्रोत विभागमा पदस्थापन गरे पनि देउवा प्रधानमन्त्री हुनासाथ अन्य एआईजीको सरुवा समेत रोकिएको छ।

थपिएको दरबन्दीमा एआईजी पोखरेल र थापाकै ब्याचीहरु प्रतिस्पर्धामा छन्। एआईजीको लागि धीरज प्रताप सिंह, उत्तम सुवेदी, रविन्द्र धानुक, अरुण बिसी, दिवेश लोहनी, बसन्त लामा, वसन्त पन्त मुख्य प्रतिस्पर्धी रहेका छन्। उनीहरु एउटै ब्याची हुन्।

त्यस्तै प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र थापा क्षेत्रीका ब्याचीहरु पनि एआईजी हुनको लागि चर्को लबिङ गरिरहेका छन्।

IME Life
kumari