stcnepal long ad
ime life insurance
global ime bank long

नेपाली सेनामा नेतृत्व परिवर्तन हुने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा २०७८ साउन २४ गतेबाट एक महिने घर बिदामा बस्दैछन् । कार्यकाल सकिनु भन्दा एक महिना अघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्पराअनुसार प्रधानसेनापति थापा बिदामा बस्न लागेका छन् ।

४३ औँ प्रधानसेनापति पूर्णचन्द्र थापाले गत जेठ २३ मा पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी घर बिदामा बस्दैछन् ।

नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्मा पौडेलले नेतृत्व लिँदैनन् । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र सक्षम,क्षमतावान,इमानदार, निडर लडाकु,मिलनसार अधिकारीको रुपमा चिनिन्छन् ।

शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) तालिम गरेका छन् ।
भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र ‘एक्सन म्यान’ का रुपमा पनि परिचित छन् ।

प्रधानसेनापति थापाले आफ्नो कार्यकालमा आन्तरिक सुधारतर्फ बढी ध्यान केन्द्रित गरेका छन्। उनले पद तथा आचरण विपरीत काम गर्ने धेरै सैन्य अधिकारीलाई कारवाही गरे ।

उनले सुरुवात गरेका आन्तरिक सुधारतर्फका कामलाई निरन्तरता दिँदै संगठनलाई थप सुदृढ र जनपक्षीय बनाउने चुनौती नयाँ नेतृत्व सामु आउने देखिन्छ । ४३ औं प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने क्रममा थापाले ‘आन्तरिक सुधार’ आफ्नो पहिलो जिम्मेवारी रहने प्रण गरेका थिए । सोही अनुसार उनले आँटका साथ सुशासन,अनुशासनहिनलाई कारवाही पनि गरे ।

जर्नेललाई समेत बर्खास्त गरेर घरको बाटो देखाएका उनले सैनिक अनुशासन, नैतिकता र आचरणको सवालमा कठोर निर्णयहरु लिए । उनले आफ्नो कार्यकालको अधिकांश समय आन्तरिक व्यवस्थापनमा बिताउनु पर्दा राष्ट्रिय चुनौतीमा ध्यान दिन नसकेको आरोप पनि लाग्ने गरेको छ।

राष्ट्रिय चुनौतीमा वर्तमान प्रधानसेनापतिको समय नपुगेको देखिन्छ । भावी प्रधानसेनापति शर्माले सरकार प्रमुख र राष्ट्र प्रमुखलाई राष्ट्रिय सुरक्षा र सामरिक सुरक्षाको महत्वबारे कन्भिन्स गर्न ठुलो भूमिका खेल्नु पर्ने देखिन्छ ।

चीन र भारतमा सैनिक मुभमेन्ट गर्नसक्ने क्षमता धेरै भएकाले नेपालको पनि डिफेन्स बलियो बनाउनुपर्ने अवस्था छ ।

भावी प्रधानसेनापति शर्मा सैन्य कुटनीतिमा दक्ष मानिन्छन् । सेनालाई राम्रोसँग म्यानेज गर्न सक्ने क्षमता पनि उहाँमा छ। नेपाली सेनाको संगठन ८ पृतनाबाट ‘३ जोड १’ को संरचनामा गइसकेको छ । सो संरचना अपर्याप्त भएको हुनाले त्यसलाई पूर्णता दिनुपर्ने चुनौती पनि शर्माको काँधमा छ ।

प्रधानसेनापति थापाले नक्कली शैक्षिक प्रमाणपत्र, नागरिकता किर्ते र भर्नामा हुने चलखेल नियन्त्रणमा पनि प्रभावकारी ढङ्गले काम गरेका छन् । यसलाई पनि आगामी नेतृत्वले निरन्तरता दिनुपर्ने देखिन्छ । राष्ट्रिय सुरक्षामा थपिएका चुनौतीको मुकाबिला गर्नुपर्ने दायित्व पनि अब शर्माको काँध सर्दैछ।

आगामी भदौ २४ गतेबाट शर्मा प्रधानसेनापति बन्दैछन। साउन २४ गतेबाट कामु प्रधानसेनापति हुनेछन्।

prabhu mahalaxmi
kumari