stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराउँदै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले  २०७८ जेठ २४ गतेदेखि  २०७८ असार २७ गते सम्ममा बिक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता आफुले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

IME Lifesidebar
kumari