stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज बुधबार प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज जेठ २६ गते बुधबार प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बाँकी १५ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रभुले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गरेको हो । यसमा वार्षिक ८.५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ । प्रभु बैंकको न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् ।

यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

IME Lifesidebar
kumari