stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रित्ता अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रित्ता अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न आग्रह गरेको छ । केही दिनयता कोरोना भाइरसको सङ्क्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर भर्न मन्त्रालयले आग्रह गरेको हो ।

खाली सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर व्यक्तिका घर, टोल, आइसोलेशन केन्द्र र अस्पतालमा भएका रित्ता सिलिन्डर जुन उद्योगको हो त्यही उद्योगमा भर्नका लागि उपलब्ध गराउन पनि आग्रह गरेको छ । साथै अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्याङ्क मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘अक्सिजन जस्तो औषधिको रूपमा प्रयोग हुने विषयलाई अनावश्यक रूपमा वितरण र प्रयोगलाई प्रोत्साहन गरी मानिसको ज्यानै जाने जोखिम हुने खालका कामहरू नगर्न नलगाउन सबैमा सचेत गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

IME Lifesidebar
kumari