stcnepal long ad
ime life insurance
national life
global ime bank long

अवैध रुपमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नागार्जुन नगरपालिका–२ सानो भर्या ङ्गस्थित टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गरेको अभियोगमा काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेश वालिया घर भएका रोशन जैसवाल समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उक्त टहरा तलासी गर्ने क्रममा १ सय मिलिलिटरको ९ सय ३५ थान , ५ सय मिलिलिटरको ३ हजार ८ सय ८० थान र ५ लिटरको ग्यालेन ९६ थान ह्याण्ड स्यानिटाईजर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari