stcnepal long ad
ime life insurance
national life
global ime bank long

शेयर बजारमा पछिल्ला दिनमा नयाँ नयाँ रेकर्ड कायम हुन थाले

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । शेयर बजारमा पछिल्ला दिनमा लगातार नयाँ नयाँ रेकर्ड कायम हुन थालेका छन् । कोरोना कहरका कारण मुलुकभर नै निषेधाज्ञा जारी छ । आम मानिस घरभित्रै छन् । व्यापार व्यवसाय प्रायः ठप्प जस्तै छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा भने नयाँ खालका कीर्तिमान कायम भइरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै, कारोवार रकम पनि झण्डै रु। १७ अर्बको हाराहारीमा पुगेको छ ।

कोराना कहर र निषेधाज्ञाले बजारलाई प्रभावित पार्न नसक्नुको पछाडि प्रविधिको प्रयोगलाई लिइएको छ । विद्युतीय रूपमा नै घरमै बसेर सहज रूपमा शेयर कारोवार हुन पाएका कारण विषम अवस्थामा समेत उल्लेखनीय इतिहास कायम भएको लगानीकर्ताको विश्लेषण छ ।

नेप्सेमा आज २९.५५ अङ्कले वृद्धि भई दुई हजार ८५६.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.९६ अङ्कले बढेर ५१३.११ मा पुगेको छ । कुल २१८ कम्पनीको तीन करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर रु. १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ मूल्यमा खरिद बिक्री भए ।

साताको कारोवार हुने अन्तिम दिन बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु. ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार ९९९ बराबर पुगेको छ । बजार पूँजीकरण पनि हालसम्मै उच्च भएको नेप्सेले जनाएको छ ।

कारोवारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु. एक अर्ब दुई करोड ७० लाख २७ हजार २८७ बराबरको कारोवार भयो ।

यस्तै, छिमेक लघुवित्त विकास बैंक रु ६८ करोड १६ लाख ५० हजार १५९, लुम्बिनी विकास बैंक रु ३५ करोड पाँच लाख ९२ हजार ६०२, नेपाल बंगलादेश बैंक रु ३३ करोड २२ लाख ७० हजार ७३६ र नेपाल पूर्वाधार बैंकको रु ३३ करोड १३ लाख ८६ हजार ७७४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यसैगरी, मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । गुर्खाज फाइनान्स ९.६८, ग्रीन डेभलपमेन्ट बैंक ९.५५, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९५ प्रतिशतले कमाए ।

त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ५.९२, राधी विद्युत् कम्पनी ५.०६, बरुण हाइड्रोपावर ४.८८, घलेम्दी हाइड्रो ४.४१, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.३५ प्रतिशतले गुमाए । रासस

IME Lifesidebar
kumari