stcnepal long ad
global ime bank long

भारतीय राजदूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले एक कार्यक्रम बीच भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।

राजदुतावासका अनुसार नेपाल भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्र्तगत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको बताएको छ ।

दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैर नाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको हो ।

स्वास्थ्य सेवा, विशेष गरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूप प्रदान गरेको हो ।

राजदुतावासले बताए अनुसार सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बासवारी र धुलिखेल अस्पताललाई पुनःदिएको बताएको छ ।

आइएमई मोटर्सले एम्बुलेन्स सहितविषेश सुविधा युक्तदमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित सानातथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनिउपलब्ध गराउदै आएको छ ।

 

IME Lifesidebar
kumari