citizens life insurance long ad
stcnepal long ad

नेपाली सैनिक प्रतिष्ठानमा दिक्षान्त समारोह सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सैनिक प्रतिष्ठानमा संचालन भईरहेको सि.सं. ५९ अधिकृत क्याडेट तालिममा तालिमरत शिक्षार्थीहरुको स्नातक तहको “दिक्षान्त समारोह “२०७८ वैशाख ९ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटा, प्राध्यापकहरु, रथीवृन्द र अधिकृतहरुको समेत उपस्थितीमा सम्पन्ना भएको उक्त दिक्षान्त समारोहमा पुरुष अधिकृत क्याडेट १२९, महिला अधिकृत क्याडेट २४ र विदेशी अधिकृत क्याडेट ४ जना ९केन्या, जाम्बिया, माल्दिभ्स र श्रीलंका० गरि जम्मा १५३ जना शिक्षार्थीहरु दिक्षित भएका छन् ।

समारोहमा दिक्षित स्वदेशी तथा विदेशी शिक्षार्थीहरु तथा तीनका अभिभावकहरु सबैलाई बधाई दिनुहुँदै प्रधान सेनापति महारथी थापाले निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीहरुलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा सफलतापूर्वक उतारेर आ–आफ्नो सेनाका भविष्यको कुशल तथा प्रेरणादायी नेतृत्व बन्न सफलता मिलोस भन्नेफ शुभकामना व्यक्त गर्नु भएको थियो ।
साथै, उक्त समारोहमा शैक्षिक अध्यापन तर्फ प्रथम, द्धितिय, तृतिय हुने र एकेडेमीको विभिन्न विधामा उत्कृष्ट अंक हासिल गर्ने अधिकृत क्याडेटरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

 

IME Life
kumari