citizens life insurance long ad
stcnepal long ad

विद्यार्थीको व्यक्तित्व विकास र रोजगारका लागि इम्पेरियल विजनेश कलेज र कुमारी जबबीच सहकार्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इम्पेरियल विजनेश कलेज र कुमारी जबबीच विद्यार्थीहरुको व्यक्तित्व विकास र रोजगारका सम्बन्धमा सहकार्य गर्ने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इम्पेरियल विजनेश कलेजमा ब्याचेलर अफ हेल्थकेयर म्यानेजमेन्ट (Bachelor of Healthcare Management) ‘BHCM’ र Bachelor of Business Administration(BBA)  दुई वटा स्नातक तहको व्यवस्थापन संकायमा अध्यन अध्यापन गराइन्छ ।

त्यस्तै, कुमारी जबले विगत ६ वर्षदेखि मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा निरन्तर काम गर्दै आइरहेको छ ।

गत फागुन ४ गते गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्दै इम्पेरियल विजनेश कलेजका प्रधानाध्यापक प्रजित कुमार तिमल्सीनाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरुको उज्वल भविश्य निर्माणमा कुमारी जबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

यस्तै कुमारी जबका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले यी दुई संस्थाबीचको सहकार्यले इम्पेरियल कलेजमा अध्यनरत विद्यार्थीहरुलाई बजारको आवश्यकता अनुसार तालिम प्रदान गरी उनीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै उनीहरुलई रोजगारको सहजता प्रदान गरिने बताए । यस सम्झौताले विद्यार्थीहरुमा भएको किताबी ज्ञानलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

IME Life
kumari