माघ १९ गतेदेखि सरकारले “आयोडिन मन्थका” रुपमा मनाउने
काठमाडौं । आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्य अनुरुप सन् २०२१ फेबुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने को रुपमा २०७७ माघ १९ गते (तद अनुसार १ फेब्रुबरी २०२१) देखि १ महिना भरी सरकारले “आयोडिन मन्थका” रुपमा मनाउने भएको छ ।
यूनिभर्सल साल्ट आयोडाइजेशन (USI) को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुबरी महिनालाई “आयोडिन मन्थ” घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि सञ्चालन गरिदै आएको छ ।
आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये Visible Goiter सन १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएकको र सो हाल समुदायमा देखिएको छैन ।
नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कर्पोरेशनले आयोडिन युक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह–शताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्मममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको NNMS सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएकको नून उपभोग गरेको पाईएको छ भने सन् २०१६ मा नेपाल सरकारले गरेको NDHS सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका बालबालिकाले उपयूक्त मात्राममा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।
अत: यस उपलब्धीलाई जोगाई राख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ ।
यस वर्ष Covid 19 का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुकका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघ संस्था, स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गरिने छ ।
आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशस् स्वास्थ्य चौकीहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ, चेतनामूलक सामग्री वितरण, प्रर्दशनी कक्षा (स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन लि. ले जनाएको छ ।
नेपाल सरकारले विगत ५७ वर्ष देखि साल्ट ट्रेडिङ कर्पोरेशन लि. लाई देशभर ओडिनयूक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लि. ले ग्रामीणस्तरसम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यममा विक्रि वितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
आजदेिख शुरु हुने आयोडिन मन्थमा आयोडिन सम्बधी चेतनामूलक सन्देश लेखिएको सपिङ झोला, स्कुल झोला, टी–सर्ट, तथा Face Mask जस्ता सामग्री बितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।






















