प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग शीतल निवासमा भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जानुभएको विशेष स्रोतले जनाएको छ ।
पछिल्लो समय प्रतिनिधि सभा विघटनपछि मुलुकमा राजनीतिक अन्यौल छाएको र सो सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्नुभएको छ । तथापि उक्त भेटमा के कुरा भयो भन्ने बारे खुल्न सकेको छैन ।






















