राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्त
The President of Nepal, Ms. Bidya Devi Bhandari meeting the President, Shri Pranab Mukherjee, at Rashtrapati Bhavan, in New Delhi on April 18, 2017.
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार साँझ भएको भेटमा राष्ट्रपति भण्डारी र राजदूत यान्छीबीच समसामयीक बिषयमा छलफल भएको बताइएको छ ।
चीनले नेपालको राजनीतिक समस्यालाई हल गर्न मध्यस्तता गर्ने प्रयास गर्दै आएको छ । यसअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशकले पनि नेपाल भ्रमण गर्नु भएको थियो । उहाँले नेपालका राष्ट्रपति, प्रधानमन्त्रीका साथै शिर्ष नेताहरुसँग भेटघाट गर्नुभएको थियो ।


























