stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुन मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रति तोला एक हजार एक सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोवार भएको हो ।

छापावाला सुन सोमबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार नौ सय रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै चाँदी प्रतितोला १० ले वृद्धि भई प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँमा कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० डलर पुगेपछि त्यसको असर नेपाली बजारमा देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने सम्भावना रहेकाले नेपाली बजारमा पनि भाउ बढ्ने सम्भावना देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनााएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर रहेकाले लगानीकर्ता सुनमा आकर्षित भएका छन् ।

IME Lifesidebar
kumari