stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेको इन्स्योरेन्स कम्पनीद्वारा एक करोड ४८ लाख दावी भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बाढी पहिरोले सडकमा पुर्याएको क्षति बापतको बीमा दावी भुक्तानी गरेको छ ।नेको इन्स्योरेन्स कम्पनीले  पुस १९ गते आइतबार जयदेवी एसएस निर्माण सेवाका सञ्चालक सन्देश शाहीलाई बीमा दावी भुक्तानी बापत एक करोड ४८ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

अछाम जिल्लामा सडक निर्माणको काम गर्दै आएको जयदेव एसएस निर्माण सेवाले अछाम जिल्लाको रामारोशनमा निर्माण गर्दैै गरेको सडकमा २०७७ साल भदौं २ गते आएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको थियो ।

सो बाढी पहिरोपछि नेको इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखामा परेको बीमा दावी रकममाथि कम्पनीले प्राविधिक मूल्याङ्कन गरी क्षति अनुरुपको दावी भुक्तानी गरेको हो ।

 

IME Lifesidebar
kumari