stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बालुवाटारबाटै खुरुङ्गा खोलाको उद्घाटन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आइतबार, ११ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तेह्रथुमको माथिल्लो खुरुङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको एक्सन रुपमबाट प्रधानमन्त्री ओलीले उक्त आयोजना उद्घाटन गरेका हुन्।                                                                                                                                                      तीन वर्षअघि उत्पादन अनुमतिपत्र लिएको तेह्रथुम पावर कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेपछि शनिबार उद्घाटन भएको हो। आयोजनाका प्रबन्ध सञ्चालक मोहन डाँगीका अनुसार सात दशमलव ५ मेगावाटको यो आयोजनाको विद्युत शनिबारबाट राष्ट्रिय प्रशारणमा जडान भएको छ। यो आयोजनाको पावर हाउस तेह्रथुमक जिल्ला मेन्छयायेम गाउँपालिका९६ मा छ। आयोजनाको इन्टेक र एलाइन्मेन्ट भने वडा नम्बर ४ र ५ मा रहेका छन्। यो आयोजना एक अर्ब ३२ करोड ५० लाख लागतमा बनेको हो। आयोजनाको लागत अनुसार पर मेगावाट १७ करोड ६० लाख पर्न आउँछ। अन्नपूर्ण पोष्ट दैनिकबाट

 

prabhu mahalaxmi
kumari