जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौ महानगरपालिका–२१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धितालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


























