अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट भक्तपुर बोडे डेरा गरी बस्ने बारा बसन्तपुर गाउँपालिका(१ घर भएका ३४ वर्षीय आश्वान ठाकुर हाजमलाई नियन्त्रित लागूऔषध ९८ एम्पुल डाइजेपाम र ९९ एम्पुल नुर्फिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।






















