stcnepal long ad
ime life insurance
national life
global ime bank long

सरकारले चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

आज विहान बसकेो मन्त्रिपरिषदको वैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्योहोर्ने निर्णय गरेको हो ।

एक महिनादेखि बुटवलमा रहेका केसीमा रुघा, खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । उनको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

IME Lifesidebar
kumari