stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल बैंकद्वारा सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देशमुलक भिडियो सार्बजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ ।

झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिनु पनि निकै जरुरी भएको छ र यसै कुरालाई आत्मसात गरी सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि नबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको छ ।

नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएका थिए ।

उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल खान गएकोले लाखौंको मन छुन सफल भयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजाल (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हेरेका छन् ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ ।

IME Lifesidebar
kumari