स्पर्स लघुवित्तको नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्पर्स लघुवित्तको नाफा घटेको छ । यसअवधिमा लघुवित्तको नाफा ५८.९९% ले घटेर २२ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ५५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खराब कर्जा बढेसँगै नाफा घट्न दबाब पुगेको हो ।
यसअवधिमा खराब कर्जा २.५२% ले बढेर ३.१४% पुगेको छ । खराब कर्जा बढेसँगै प्रोभिजनमा धेरै रकम छुट्याउन पर्छ । गत वर्ष ४० लाख ७६ हजार रुपैयाँ रहेको प्रोभिजनमा यो वर्ष ४८ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ ।
यसअवधिमा खुद ब्याज आम्दानी ५७ हजार रुपैयाँले बढेर १ करोड ४३ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले १ करोड ४२ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष ३९ लाख ८६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष २८ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । यसअवधिमा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ६३ पैसा छ ।
प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६७ पैसा छ । असोज मसान्तसम्म आइपुग्दा संस्थाको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ छ ।






















