citizens life insurance long ad
stcnepal long ad

नेपाल महिला चेम्बरको अगुवाइमा अनलाइन ट्रेडिङ संचालन हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्सको ७० ओै बर्षकोअवसरमा अनलाइन ट्रेडिङ इ–कमर्सको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समुद्घाटन गरेका छन् ।

अनलाइन ट्रेडिङ उद्घाटनका अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रलाइ समृद्ध बनाउन महिलाहरुलाइ घरायसी कार्यमा मात्र सिमित नराखी उद्यमशीलताको विकास गरी आर्थिक कृयाकलापमा संलग्न गराउन आवश्यक रहेको औल्याए ।

अध्यक्ष श्रेष्ठले प्रस्तुत अनलाइन ट्रेडिङको माध्यमबाट महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न प्रेरणा मिल्ने बताउदै हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताए ।

त्यस अवसरमा नेपाल महिला चेम्वरबाट भएको सत्प्रयासका लागि महिला चेम्वर तथा सोचेको डटकमलाई धन्यबाद ज्ञापन गर्नु हुंदै यो नाफा कमाउने कार्य नभइ समाजसेवा पनि भएको धारणा व्यक्त गरे ।

महिला उद्यमीहरु पर्यटन लगायत अन्य सेवा क्षेत्रमा पनि संलग्न भएकोले आगामी दिनहरुमा सेवा क्षेत्रलार्इ समेट्न समेत उनले आग्रह गरे ।

सो अवसरमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले अहिले कोभिड १९ को महामारीमा ठुला उद्योग तथा व्यवसायमात्र नभई ठुलो संख्यामा महिला उद्यमीहरु पनि प्रत्यक्ष प्रभावित रहेको बताईन ।

महिला उद्यमीहरुले लघु उद्योगको रुपमा अधिकांश व्यवसाय संचालन गरी रहेका र त्यसबाट उत्पादित वस्तुहरु लामो वन्दावन्दीले ओसार पोसार गर्न कठिनाइ भएको तथा पसलहरु पनि वन्द भएकोले उत्पादित वस्तुहरु बिक्री गर्न नपाएको र अर्को तर्फ वैंकको व्याज, कर्मचारीको तलब, घर जग्गा भाडाको दायित्व समेत व्यहोर्नु पर्ने भएकोले महिला उद्यमीहरु अतिनै प्रभाबित भएको समेत श्रेष्ठले बताईन् ।

साथै, अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुबाट उत्पादित वस्तुको बिक्री प्रवद्र्धन गरी उनीहरुको व्यवसायलाई उकास्न नेपाल महिला चेम्वरले सोचेको डट कमसंग सहकार्य गरी अनलाईन व्यापारको लागि प्रयास थालनी गरेको स्पस्ट पारिन् ।कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

सिमित सहभागिता र पूर्ण सामाजिक दूरी लगायत अन्य सबै स्वास्थ्य प्रोटोकल पुरा गरी सो कार्यक्रम गरिएको थियो । नेपाली महिला उद्यमीहरुबाट उत्पादित वस्तुहरुको अनलाईन ई कमर्सको माध्यमद्धारा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले एक साता अघि मात्रै नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वर र सोचेको डट कमबीच सम्झौता सम्पन्न भएको थियो ।

IME Life
kumari