नाडेप लघुवित्तको १०% बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बुधबार यसको सेयर कारोबार ६७६ रुपैयाँ ३६ पैसालाई आधार मानेर खुल्नेछ ।
यसको साधारण सभा असोज २८ गते हुँदैछ । यसका लागि कम्पनीले आज असोज १४ गते बुधबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । मंगलबारसम्म कायम सेयरधभनीले १०% बोनस सेयर सुरक्षित गरेका छन् ।
साधारण सभामा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । अहिले संस्थापक समूहको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ । हाल यसको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।






















