stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शान्ति स्थापनाका लागि लिविया जान लागेका ३५ सैनिकमा कोरोना पुष्टि, उडान रद्द

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शान्ति स्थापनाका लागि लिविया जान लागेको नेपाली सैनिकको टोलीका सदस्यमा कोरोना पुष्टि भएपछि उडान रोकिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिविया जान लागेका ११६ मध्ये ३५ सैनिकमा कोरोना भाइरस पुष्टि भएसँगै पुरै उडान रद्द गर्नुपरेको जनसम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

उसले एक बिज्ञप्ति जारी गर्दै (यूएनएसएआईएल) मिसनमा तैनाथ केही जवानहरुमा कोरोना पुष्टि भएका कारण बदली गर्नु परेकाले फ्लाईट रद्द भएको जनाएको छ । अब उक्त फ्लाईट आगामी आइतबार राति हुने नेपाली सेनाले जनाएको छ ।

शान्ति स्थापनार्थ आज लिविया जान लागेका नेपाली सेनाका जवानहरु काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका थिए ।

तर उडानअघि गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनीहरुको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । यो उडान बैशाख मै हुनुपर्ने भएपनि कोरोना महामारीका कारण रोकिएको थियो ।

prabhu mahalaxmi
kumari