stcnepal long ad
global ime bank long

कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवाको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

–गणेश थापा

क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमणका कारण सोमबार एक नेपाली युवाको मृत्यु भएको छ । स्थानीय कन्ट्राकोष्टा काउंटीको एलसेरिटो सिटीमा परिवार सहित बस्दै आएका हेमकुमार चौहानको सोही ठॉउको एक अस्पतालमा निधन भएको हो ।

स्थानीय नेपाली समुदाय ‘नर्दन क्यालिफोर्निया कम्युनिटी’ बाट प्राप्त जानकारीअनुसार स्वास्थ्यमा समस्या आएपछि केहीदिन पहिला कन्ट्राकोष्टा काउंटीस्थित काइजर अस्पतालमा भर्ना भएका निज चौहानको आज अपरान्ह मृत्यु भएको थियो।

रेस्पिरेसन सिस्टममा गडबढी देखिएपछि अस्पतालले उनको कोभिड–१९ टेस्ट गरेको र रिपोर्ट पोजेटिभ आएपछि निजलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेकैबीच आज ज्यान गएको अस्पतालस्रोतले बतायो ।

निजको शव अहिले अस्पतालमै रहेको र आवश्यक प्रकृया पुरागरे पश्चात् अन्तिम संस्कारको कार्य अधि बढ्ने स्थानीय नेपाली समुदायका एक प्रतिनिधिले जानकारी दिए ।

कोरोना भाइरसको यस महामारीमा परी अमेरिकामा अहिलेसम्म १७ जना नेपालीको ज्यान गएको छ । यसबीचमा कोरोना संक्रमित २ हजार बढी नेपालीहरू मध्ये अधिकांश रिकभर भइसकेका छन् ।

पछिल्लो समय अमेरिकाको क्यालिफोर्निया राज्य कोभिड–१९ बाट सवैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड–१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आज २४ घण्टाको अवधिमा ४ सय १० जनाको मृत्यु भएको छ भने ३४ हजार २ सय बढीमा भाइरसको संक्रमण भेटिएको छ ।

क्यालिफोर्नियामा मात्रै झण्डै सॉढे १४ हजार व्यक्तिको ज्यान जॉदा ७ लाख ६० हजार बढीमा संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म करीव २ लाख मानिसको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ भने झण्डै ६७ लाख व्यक्ति संक्रमित भएका छन् ।

IME Lifesidebar
kumari