इङलिस प्रिमियर लिगमा आर्सनलको उत्कृष्ट सुरूवात,फुलहम तीन शुन्यले पराजित
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा उसले नवप्रवेशी फुलहमलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल जिसस र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे ।
लाकाजेट नयाँ सिजन प्रिमियर लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने । डिफेन्डर ग्राबियलले डेब्यु खेलमै गोल गरेका हुन् ।
२२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलेबाट अनुबन्ध गरेको हो । जितसँगै आर्सनलले पहिलो खेलमै तीन अंक जोडेको छ । लिगमा फर्किएको फुलहमले भने हारबाट सिजनको सुरुवात गरेको छ ।























