मुख्यसचिव रेग्मीले राजीनामा दिने
काठमाडौ । आगामी असोज २२ गते अहिलेका परराष्ट्र सचिव डा.शंकरदास बैरागी लाई मुख्यसचिव बनाइँदैछन् । असाेज २१ गतेसम्म मुख्यसचिव नबनाएमा एक महिनापछि डा.शंकर बैरागीले सचिवको पदावधि सिध्याएर घर जानुपर्छ । तर, कात्तिक ४ गतेसम्म पदावधि बाँकी भएका लोकदर्शन रेग्मीलाई त्यसअघि नै प्रधानमन्त्रीकै तहबाट फकाई–फुल्याई गर्ने काम भएको छ । उनलाई बेलायतका लागि नेपाली राजदूत नियुक्त गर्ने शर्तमा डा.बैरागीको बाटो खुला गर्न लागिएको बताइन्छ ।























