stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

होम डेलिभरी’ सेवा सम्बन्धी मापदण्ड स्वीकृत, आजबाट सञ्चालन हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालन सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड स्वीकृत भएको र आजदेखि लागू हुने जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो । घरदैलो सेवा भने दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

कोभिड–१९ को सङ्क्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिन सक्ने जनाउँदै स्थानीय प्रशासनले अघिल्लो हप्तादेखि उक्त सेवा बन्द गरेको थियो ।

यसरी सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र सोको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख छ ।

वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ । सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने, सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने लगायतका सतकर्ता अपनाउनुपर्नेछ । डेलिभरी गर्ने व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ ।

घरदैलो सेवा प्रदान गर्ने संस्थाले सेवा दिने व्यक्ति र सवारी साधनको विवरण प्रशासन कार्यालय, ट्राफिक प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराउनुपर्नेछ ।

स्थानीय प्रशासनले त्यसरी प्राप्त भएको विवरण अनुसार डेलिभरी गर्ने व्यवसाय र सवारी साधनको आवश्यक सङ्ख्या निर्धारण गर्नेछ । यस्ता सवारी चार पाङ्ग्रे भएमा चालक सहित बढीमा दुई जना र दुई पाङ्ग्रे भएमा एक जना मात्रै हुुनु पर्नेछ । सेवा लिने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर अनिवार्य लिनु पर्नेछ ।

उक्त विषयमा स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने र मापदण्ड विपरीत भए कारवाही गरिने प्रजिअ दाहालले बताउनुभयो । उक्त मापदण्ड उपत्यकाको तीनै जिल्लामा लागू हुनेछ ।(

prabhu mahalaxmi
kumari