citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

कुमारी बैंकको ५ लाख १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख १८ हजार ३९१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

बैंकले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिँदै आवेदन माग गरेको छ।

बैंकका अनुसार सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

इच्छुक सेयरधनीले बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेडको नक्साल, नागपोखरीस्थित कार्यालय वा कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्।

तोकिएको ३५ दिनको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नआएमा भने बैंकले संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थालाई समेत सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

IME Life
ofukuro
kumari