citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

छिमेक लघुवित्त वित्तीय संस्थाको पुस ६ गते २५औं वार्षिक साधारण सभा

२५ प्रतिशत लाभांश र मर्जर प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको  बैठकले निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी स्वीकृत गर्नेछ ।

सभामा संस्थाले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पेस गर्नेछ ।

जसअनुसार हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशतका दरले ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर र १३.०३६९ प्रतिशतका दरले ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै संस्थाको अधिकृत पुँजी ३ अर्ब ७५ करोड रुपैयाँबाट वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्‍याउने र सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ । बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत साधारण सभामा छलफल हुनेछ ।

यसैगरी अन्य ‘घ’ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने प्रस्ताव पनि रहेको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत साधारण सभामा पेस हुनेछ ।

साधारण सभाले चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २२ गते शेयर दाखिला खारेज किताब बन्द गर्ने जनाएको छ । त्यसअनुसार मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई शेयर रजिस्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा शेयर नामसारी गराएका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारण सभा मकवानपुरको हेटौंडास्थित होटल सामना प्रा.लि.को सभाहलमा बिहान ११ बजे बस्ने वित्तीय संस्थाले जनाएको छ ।

IME Life
ofukuro
kumari