citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

बीमा प्राधिकरणमा बिचौलियाको प्रवेशमा रोक लगाउने निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अबदेखि बिचौलियाहरूलाइ प्रवेशमा कडाई गरिएको छ । नियामक निकायमा छिरेर विभिन्न आवरणमा रहेका बिचौलयाहरूले कम्पनीहरूको शेयर सम्बन्धी सुचना लिएर बिक्री गर्ने, सेटिङ हान्ने र महत्वपूर्ण सुचनाहरू लिने प्रयासहरू गर्ने गर्दथे ।

उक्त गतिविधिलाई रोक्न प्राधिकरणले नयाँ व्यवस्था गर्दै कार्यालयमा प्रवेश गर्नुअघि आगन्तुक पास अनिवार्य गरेको हो। यससँगै अब नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रवेश गर्न सेवाग्राहीका लागि पनि आगन्तुक पास अनिवार्य भएको छ।

प्राधिकरणका अनुसार कार्यालय परिसरमा प्रवेश गर्नुअघि आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाउनुपर्नेछ। उक्त कागजातका आधारमा आगन्तुक पास लिएपछि मात्रै कार्यालय प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ।

प्राधिकरणले आज मंसिर १० गते सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएकोबारे जानकारी दिएको हो। प्राधिकरणले सम्बन्धित सबै सेवाग्राही तथा आगन्तुकलाई नियम पालना गर्न अनुरोध गरेको छ।

यसअघि बीमा प्राधिकरणमा बिचौलियाको हावी रहँदै आएको थियो । अहिले बीमा प्राधिकरणमा नयाँ अध्यक्षका रूपमा राजन बिक्रम थापाको नियुक्ति भएसँगै उनले प्राधिकरणलाई बिचौलिया मुक्त बनाउन नयाँ निर्णय गरेका हुन् ।

उनले प्राधिकरणलाई स्वच्छ, मर्यादित र व्यावसायक बनाउँदै लैजाने बताएका थिए । त्यसैको निरन्तरता स्वरूप उनले यस्तो निर्णय गरेका हुन् ।

यस व्यवस्थाले प्राधिकरणमा अनावश्यक रूपमा प्रवेश गर्ने तथा नियामकीय सूचना र गतिविधिमा पहुँच बनाउन खोज्ने बिचौलियाहरूको गतिविधिमा रोक लाग्ने भएको छ।

IME Life
ofukuro
kumari